Logo

युक्रेनमा फसेका सबै नेपालीको उद्धार

जर्मनीस्थित नेपाली नियोगले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपाली युक्रेनबाट सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएको छ । प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् ।
खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको जानकारी दिए । उनले उद्धारको कार्य सम्पन्न भएपछि उनीहरुको पुनस्र्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए ।
युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरु आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना र ४ जना माल्दावा पुगेका छन् । हाल सम्म ५८४ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका दूतावासले जनाएको छ । राजदूत खड्काका अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्