Logo

उवासंघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित

भरतपुर – उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारी बनिसकेका छन् । २०६६ सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक वरिष्ठ उपाध्यक्ष बनेर काम गरिसकेका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आबद्ध छन् । उनी कार्यसमिति सदस्य हुँदै एक कार्यकाल तृतीय उपाध्यक्ष र तृतीय उपाध्यक्ष र २ कार्याकल प्रथम उपाध्यक्षका रूपमा काम गरिसेका छन् । उपाध्यक्षतर्फ उद्योगतर्फ चिरञ्जीवी सुवेदी सर्वसम्मत चयन भए । सुवेदी ६ कार्याकाल कार्यसमितिमा रहेर काम गरेका छन् । उनले १ कार्याकाल तृतीय उपाध्यक्ष, २ कार्याकाल द्वितीय उपाध्यक्ष बनिसकेका छन् । यस्तै महिला सदस्यमा पूर्णिमा श्रेष्ठ, क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य सर्वसम्मत चयन भए । कर्पोरेट सदस्यमा डा. जीवनकुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत भए । उपाध्यक्ष वाणिज्यतर्फ शंकर नेपाल र शिरिश पन्त, कर्पोरेटतर्फ भोजराज कौडाल र राजेन्द्र ओलीको उम्मेदवारी परेको छ ।
सदस्यतर्फ उद्योगतर्फ ६ जनाका लागि ७ जना, वाणिज्यतर्फ ६ जनाका लागि १२ जना र वस्तुगततर्फ ४ जनाका लागि ७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता गर्ने समय २६ गते दिउँसो साढे १२ बजेसम्मतोकिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली २६ गते दिउँसो १ बजे सार्वजनिक गरिनेछ । सर्वसम्मत हुन नसकेका पदहरूमा फागुन ३० गते सोमबार मतदान हुने मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । ३० गते सोमबार बिहान ८ बजेदेखि दिउसो ५ बजेसम्म मतदान हुनेछ । मतदान स्थल उद्योग वाणिज्य संघ चितवनको कार्यालय नारायणगढ निर्धारण गरिएको छ । प्रमुखनिर्वाचन अधिकृत श्रेष्ठका अनुसार चैत १ गते मतगणना कार्यतालिका रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्