Logo

पोखरामा सञ्चालनमा आएको केवलकार ६ दिन बन्द हुने

पोखरा – यही फागुन ६ गतेदेखि पोखरामा पहिलो पटक सञ्चालनमा आएको अन्नपूर्ण केवलकार ६ दिन बन्द हुने भएको छ । उक्त केवलकार नियमित मर्मतको लागि कम्पनीले फागुन २५ देखि ३० गतेसम्मको लागि बन्द हुने भएको अन्नपूर्ण केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले बताए ।

उक्त केवलकार संचालनको लागि हाल जेनेरेटल आएकाले त्यसको स्टलेसन गर्नको लागि ६ दिन उक्त केवलकार व्यावसायिक रुपमा बन्द गरिने भएको उनले जनाए । केवलकार संचालनको १९ दिनमा करिब ३ हजारभन्दा बढी पर्यटकहरू भित्रिएको त्रिपाठीले जनाए । उनका अनुसार उक्त जेनेरेटर जडान भएसंगै अब आगामी चैत १ गतेदेखि फुल फेजमा उक्त केवलकार संचालन गर्ने तयारीसमेत गरिएको निर्देशक त्रिपाठीले बताए ।

फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाँडामा पुगिने भएको जनरल म्यानेजर दीनेश पौडेलले बताए । नेपालीहरूका लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैया निर्धारण गरिएको कम्पनीले जनाएको छ । त्यसै गरी सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरूलाई भने ९ डलर शुल्क निर्धारण गरिएको त्रिपाठीले जनाए ।
अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ । ज्येष्ठ नागरिकको लागि ५० प्रतिशत र बिद्यार्थीहरूको लागि २५ प्रतिशत छुटको व्यबस्था गरिएको निर्देशक त्रिपाठीले जनाए । उक्त परियोजनाका प्राविधिक इन्चार्ज डिएन कायस्थले उक्त केवलकार अत्याधुनिक प्रविधि जडान भएकोले सुरक्षाको दृष्टिले निकै मजबुद भएको दाबी गरे ।

उक्त परियोजनामा हाल करिब २ अर्ब लगानी भएको निर्देशक त्रिपाठीले बताए । २.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेकाछन भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) जडान भएको जनरल म्यानेजर पौडेलले बताए । प्रतिडिब्बामा ८ जनाको सिट क्षेमता रहेको छ भने प्रति घण्टा ५ सय जना यात्रु ओहोर दोहोर गर्न सकिने भएको उनले जनाए ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टका रूपमा आफुहरूले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । उक्त केवलकारमा करिब ३६ वटाभन्दा बढी डिब्बा क्षेमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायि कालु गुरुङसहितका नेपाली व्यवसायी, पूर्व जापानी नागरिक टाकासी मियाहारा र स्थानीयको लगानी रहेको प्रालिले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्