मुक्तिनाथ विकास बैंकको सहयोग «

मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले कपिलवस्तु स्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । बैंकले कैलाश आश्रम धामद्वारा सञ्चालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि सहयोग गरेको हो ।
बैंकले कैलाश आश्रम धामलाई सहयोग सम्बन्धी चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द्र घिमिरे, जीतपुर शाखाका प्रबन्दक लेखेन्द्र जिसी, र अन्य कर्मचारी उपस्थित थिए । त्यसैगरी कैलाश आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरु उपस्थित थिए ।
यस सहयोगबाट गुरुकुलमा आउने भक्तजन विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने विस्वास लिएको बैंकले जनाएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्