उद्योगपति केडियाको निधन

वीरगन्जका उद्योगी हिरालाल केडियाको ८६ वर्षको उमेरमा निधन भएको छ ।
उद्योगी केडियाको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो । वीरगन्जका चर्चित उद्योगी केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघसंस्थाले सेवा दिँदै आएका छन् ।
उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए । केडिया नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दूई कार्यकाल काम गरेका थिए । उनका श्रीमति र चार छोरा छन् ।