Logo

आइएमई मोटर्सको शाखा सिमराही र चन्द्रनिगाहपुरमा

आइएमई ग्रुपअन्तरगत सञ्चालित आइएमई मोटर्सले दुई शाखा सञ्चालनमा ल्याएको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
कम्पनीले यी शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ । शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा भारतको अटोमोबाइल कम्पनी अशोक लेलैण्डका रिजनल हेड तन्मयमित्र तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गरिएको हो ।
उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने बताए । यो भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेकोसमेत जानकारी दिए । उनले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न ग्राहकहरुलाई अनुरोध गरे ।
आइएमई ग्रुप सन् २००१ मा स्थापनाभएको हो । यसले बैंकिङ, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जालगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्