Logo

क्रिकेट खेल हेर्न नगरपालिकामा दुई दिन सार्वजनिक बिदा

रौतहट- बिदा दिने होडमा रौतहट सम्भवतः अग्रस्थानमा आएको छ । विशेष चाडपर्व लगायतमा बिदा दिनुलाई सामान्य मानिए पनि क्रिकेट खेल हेर्न समेत रौतहटको एक नगरपालिकाले दुई दिन बिदा दिएको छ ।
रौतहटको इशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिनको सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा सञ्चालित अन्तरपालिका स्तरीय मेयर कप टी २० क्रिकेट प्रतियोगिता २०७८ अन्तिम चरणको खेलका लागि भन्दै फागुन २५ र २६ गते नगरपालिकाभरी बिदा दिएको हो । नगर प्रमुख सन्तोष मेहत्ता र उपप्रमुख हुस्ने आराद्धारा संयुक्त रुपमा हस्ताक्षरित सूचनामा सो प्रतियोगितामा नगरपालिकाका कर्मचारी समेत व्यवस्थापनमा खटिनुपर्र्ने भएकाले बिदा दिइएको बताइएको छ । नागरिकलाई सहज र सुलभ तरिकाले सेवा प्रभाव गर्नुपर्ने स्थानीय सरकारले अनावश्यक रुपमा दुई दिनको बिदा दिनु गलत भएको भन्दै यस्तो निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । यसका बारेमा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले भने आफूहरुलाई स्थानिय सरकारले आफ्नो अधिकार प्रयोग गरेर दिएको स्थानिय बिदा खारेज गर्ने अधिकार नभएको तर प्रदेश सरकारले चाहे त्यसलाई खारेज गर्न सक्ने प्रतिक्रिया दिएका छन् । उता इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहत्ता भने आफूहरुले कानुनले दिएको अधिकारको प्रयोग गरेर कार्यपालिकाबाट निर्णय गराएर २ दिन विदा दिएको बताए । उनले आफ्नो नगरपालिकाले आयोजना गरेको प्रतियोगिता भएकाले सेमिफाइनल र फाइनलमा नगरपालिकाका कर्मचारी व्यवस्थापनमा खटिनुपर्ने भएकाले सेवा लिन नागरिकलाई असहज नहोस् भनेर विदा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्