सुनको मूल्य तोलाको रु एक लाख पाँच हजार ५०० «

सुनको मूल्य तोलाको रु एक लाख पाँच हजार ५००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । हिजो प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख दुई हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्यमा रु ४०ले बढेर प्रतितोला रु एक हजार ४५० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्