Logo

कामना सेवा विकास बैंकद्वारा सेनेटरी प्याड वितरण

कामना सेवा विकास बैंकले विभिन्न विद्यालयमा स्वास्थ्य सामग्री र स्यानिटरी प्याड वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदयित्वअन्तर्गत अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासीको सुनवल–१ स्थित श्री सुनवल माध्यमिक विद्यालयका विद्यार्थी र कास्कीको पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी बृहत कार्यक्रम आयोजन गरी प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराउनुका साथै निःशुल्क सनेटरी प्याड वितरण गरेको छ ।
यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुने हुँदा महिला तथा किशोरीलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसँग सम्बन्धित विषयका बारेमा जानकारी गराउन कार्यक्रम आयोजन गरिएको बैंक्ले जनाएको छ ।
प्रजनन स्वास्थ्य सम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचित प्रयोग गर्न नजान्दा किशोरीहरुमा स्वास्थ्य समस्या बल्झिने समस्या समाधान गर्न सो कार्यक्रम गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्