महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको पकडी शाखाले इलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतीय आरओ प्लान्ट हस्तान्तरण गरेको छ ।
स्वस्थ जीवन यापनका लागि शुद्घ खानेपानी अति आवश्यक रहेको बताउँदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्बित हुने उद्देश्यले सो प्लान्ट हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उपस्थिति थियो ।