Logo

एनसेलको अल नेपाल भ्वाइस प्याक अफर

एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् ।
एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।
यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । यो अफर अन्तर्गत ग्राहकले कर सहित १४ रुपैयाँदेखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् ।
यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरविना भ्वाइस सेवा लिन सक्छन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने ३ दिन समयसीमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।
त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । अलि धेरै समयसीमासहितको धेरै मिनेटको टकटाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुईवटा अन्य प्याकहरु पनि छन् जसअन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।
आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् । आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्