डिशहोम फाइबरनेटको सह–वितरण सोरुम हात्तिगौडामा

नेपालभर डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले बूढानीलकण्ठ नगरपालिकाको हात्तिगौडामा पनि सहवितरण सोरुमको सुरुवात गरेको छ ।
फागुन २२ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सी एम ट्रेडिङ अन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गरेको जनाइएको छ ।
सोरुम समुद्धघाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रवन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्माेकेटिङ अफिसर अनिल ठाकुर र सी एम ट्रेडिङका तर्फबाट गोपाल मान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामालगायत थिए ।
एकहजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहक माझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले बताए ।