Logo

कर्पोरेट–पेमा अब अनलाइन दर्ता गर्न सकिने

व्यवसायिक भुक्तानी प्लेटफम कर्पोरेट पे–प्रणालीमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा थपिएको छ ।
बैंक तथा वित्तीय संस्थाका ग्राहकले अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीका लागि क्युविक पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने लगायत अन्य सुविधा पनि थप गरिएका छन् ।
अनलाइन रजिष्ट्रेसनका लागि बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले वेबसाइटमा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गर्न सकिन्छ । बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्छन् ।
एनसीएचएलले सञ्चालन गरेको उक्त प्रणालीमा हाल ४८ बैंक तथा वित्तीय संस्थामार्फत् व्यावसायिक ग्राहकलाई
फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्