जनसंख्याभन्दा मतदाता धेरै «

जनसंख्याभन्दा मतदाता धेरै

धादिङ जिल्लाको संघीय निर्वाचन क्षेत्र नं २ मा पर्ने नेत्रावती दवजोङ गाउँपालिका र ज्वालामुखी गाउँपालिकामा जनसंख्याभन्दा मतदाता संख्या धेरै देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय धादिङ र तथ्यांक कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा नेत्रावती दवजोङ गाँउपालिका र ज्वालामुखी गाउँपालिकाको मतदाता पालिकाभरिकै धेरै देखिएको हो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदाता नामावली अनुसार नेत्रावती डावजोङ गाउँपालिकाको ५ वटा वडामा जम्मा मतदाता ११ हजार ८ सय ९९ छ । तर एक महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्या भने ११ हजार २ सय ७१ मात्रै छ । जनसंख्याभन्दा मतदाता ६ सय २८ ले बढी देखिएको छ । यसैगरी ज्वालामुखी गाउँपालिकाको ७ वटा वडाको मतदाता संख्या २१ हजार ९ सय ३० छ । तर केही महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनसंख्या भने २१ हजार २ सय २ मात्रै छ । जनसंख्याभन्दा मतदाता संख्या ७ सय २८ ले बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्