महिलाहरूलाई प्रतिनिधिसभामा सिट आरक्षण गरिनुपर्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले महिलाहरूलाई प्रतिनिधि सभामा सिट आरक्षण गरिनुपर्ने बताइन् ।
मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘महिलाको राजनीतिक सहभागिता : चुनौती र अगाडिको बाटो’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री यादवले महिलाहरूको राजनीतिक सहभागिता वृद्धि गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिलाहरूले राजनीतिमा गरेको योगदानको उचित मुल्यांकन हुनुपर्ने पनि बताउनुभयो । मन्त्री यादवले महिलाहरूलाई राजनीतिक प्रतिस्पर्धामा ल्याउन नसके उनीहरूको क्षमता अभिवृद्धि हुन नसक्ने बताइन् ।
नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक पार्टीहरूले महिलालाई अगाडी बढाउने योजना बनाउनुपर्ने बताइन् । उनले हाल स्थानीय तहमा उपप्रमुखको भुमिकामा रहेका महिलाहरू अब उपप्रमुखमै सीमित हुनु नहुने बताइन् । मेहनत र स्वअध्ययनले आफ्नो क्षमता वृद्धि गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । पितृ सत्ताले महिलालाई कमजोर बनाएको भन्दै उपाध्यक्ष शाक्यले त्यसका विरुद्ध बैचारिक संघर्ष गर्न महिलाहरूलाई आह्वान गपरन् । स्थानीय तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पार्टीहरूले स्पष्ट मापदण्ड बनाउनुपर्ने उनले बताइन् ।
नेकपा (एमाले) की स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पछिल्लो पुस्ताका महिलाहरू राजनीतिक रुपमा नेतृत्व लिन सक्षम र योग्य भएको बताइन् । धेरै महिलाहरू स्थानीय तहको प्रमुख चलाउन योग्य भएको भएपनि जसले प्रमुख दाबी गर्छ उसलाई किनारा लगाउने सम्भावना हुने गरेको उनले बताइन् । चुनावमा टिकट दिने ठाउँमा पनि महिला हुनुपर्नेमा उनले जोड दिइन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले महिलाहरू चुनाव लडेर नेतृत्व लिन तयार रहेको बताउनुभयो । चुनावमा महिलालाई आउन नदिने पुरुष मानसिकता पार्टी भित्र र बाहिर हुने गरेकाले त्यस्तो मानसिकता हटाउनुपर्ने उनले बताइन् । निर्वाचन पद्धति खर्चिलो भएको उल्लेख गर्दै उहाँले निर्वाचन पद्धति पनि पारदर्शी बनाउनुपर्ने धारणा राखिन् ।
नेपाली कांग्रेसकी केन्दीय सदस्य डा. आरजु राणाले राजनीतिमा योगदान गरेका महिलाहरूलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताइन् । अग्रजहरूसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि उनले बताइन् । केन्द्रीय सदस्य राणाले आफ्नो सन्तानलाई महिलालाई सम्मान गर्न सिकाउनुपर्ने बताइन् ।
उनीले महिलाहरू आफ्नो अधिकार प्राप्तिको निम्ति सचेत हुनुपर्ने बताए ।