अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपाशना पौडेललाई सम्मान गरेको हो । त्यसैगरी आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरख काली गुल्मलाई पनि सम्मान गरिएको छ । यसैगरी नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ ।
परिसंघले महिलालाई प्रोत्साहन गर्ने श्रीमान्हरूलाई पनि सम्मान गरेको छ । परिसंघले प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, विक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । उनले लैंगिक समतामूलक समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिइन् । उनले संस्थागत सामाजिक उत्तरदायित्वको रकम महिला सशक्तिकरण र महिला उद्यमशीलता विकासमा लगाउन व्यावसायिक संस्थाहरूलाई आग्रह गरिन् ।
कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले महिलालाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए । दक्षिण एसियामा नेपालले महिलालाई वित्तीय पहुँच विस्तारमा उल्लेखनीय काम गरिरहेको भन्दै उनले अहिलेको विश्वमा महिलाहरूले महत्वपूर्ण क्षेत्रमा सफल नेतृत्व गरिरहेको पनि उल्लेख गरे ।
परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताइन् । महिला उद्यमशीलता विकास गरी अर्थतन्त्रको दीगो विकासका लागि पनि सरोकारवालाले सोच्नुपर्नेमा जउनले जोड दिइन् ।