उद्यमशिलतामा अग्रसर चन्दननाथका महिला

जुम्लाको चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर उद्यमशिलता तर्फ अग्रसर हुन थालेका छन् ।
आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्ने उद्देश्यले सीप सिकेर आफ्नै उद्यमशीलता तर्फ चन्दननाथका महिला अग्रसर हुन थालेका हुन् ।
हातेहोजियारी सीप सिकेपछि घरधन्दामा मात्रै सीमित महिला आर्थिक गतिविधिमा सक्रिय हुने आँट आएको चन्दननाथ नगरपालिका ६ की संगिता रावलले बताइन् । उन्ले भनिन,“अब महिला पनि आत्मनिर्भर बन्छौँ । सधै पुरुषकै कमाईमा परनिर्भर हुन्नौ । सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि एक महिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि उद्यमी बन्ने अटोठ पलाएको छ ।”
एक महिनासम्म हातेहोजियारी सपि सिकेको र अब आफ्नै घरमा आफ्नो लगानी अनुकूलको उद्यमशीलता थाल्ने रावलको भनाइ छ । सधैं चुलोचौको र पानी पधँेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरेर आत्मनिर्भरको बाटो खुला भएकोमा हर्षित छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीप व्यावसायिक रुपले अगाडि बढाउन आग्रह गरे । सीकेको सीप निःस्वार्थ हुने भएकोले बजारमा पाइने रेडिमेट भन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने बताए ।
सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पदैन । उत्कृष्ट सामान उत्पादन भएमा घरमै किन्न आउने वातावरण बन्छ । यसका लागि तालिम प्राप्त महिलाहरु उद्यमशीलतामा अग्रसर हुन समेत जिसस प्रमुख सार्कीले आग्रह गरे ।
सामाजिक विकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाइले विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसावले सीप प्रदान गरिएको बताए ।
हिमाली महिला जागरण केन्द्र जुम्लाका अध्यक्ष छिरिङ ल्यामु लामाले विपन्न असाहय महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्बन्धी एक महिने हातेहोजियारी सीप दिइएको बताइन् ।
प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊन तथा पुनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइएको उल्लेख गगरे । हाल महिलाहरु धागोबाट बन्ने विभिन्न कपडा बुन्ने भइसकेका छन् । तालिममा सहभागी चन्दननाथ नगरपालिका भित्रका १२ जना महिला सहभागी थिए । तालिम पछि उनीहरु सफल उद्यमी बन्ने अपेक्षा गरिएको छ ।