Logo

भेदभाव अन्त्यका लागि महिलाको शान्ति पदयात्रा

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा शान्ति पदयात्रा आयोजना गरेको छ ।
महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकारको सुनिश्चितताका लागि वकालत गर्दै आएको जनाएको छ । समाजमा कायमै रहेको विभेद अन्त्यका लागि सो पदयात्राको आयोजना गरेको महासंघले जनाएको छ ।
महिला उद्यमशिलताद्वारा आर्थिक सशक्तिकरण गर्दै कोभिडको मारमा परेका महिला व्यवसायीलाई सहयोग गर्न भेदभावमुक्त समाज निर्माण गर्ने उद्देश्यले शान्ति पदयात्रा आयोजना गरेको बताइएको छ ।
ललितपुरको जावलाखेलदेखि पाटन दरबार स्क्वायर परिसरसम्म शान्ति पदयात्रा गरिएको थियो । महिला उद्यमी महासंघका पदाधिकारी र पूर्वअध्यक्षहरूले शान्तिको प्रतिक बेलुन उडाएर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा गायिका आनी छोइङ डोल्माले महिला उद्यमी महासंघले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्यका लागि भूमिका खेल्ने विस्वास व्यक्त गरिन् ।
ललितपुर चेम्बर का अध्यक्ष मनोजबहादुर न्याछोंले महिला उद्यमी महासंघको दिगो सहकार्यका लागि शुभेच्छा प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्