Logo

दाङमा १२ औँ पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

दाङ – जिल्लामा १२औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । पटक–पटक औषधि खुवाए पनि सबैले औषधि नखाएको कारण रोगको जोखिम भएकाले औषधि खुवाउन थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय दाङले आम औषधि सेवनका बारेमा पत्रकारहरुसँग गरेको अन्तत्र्रिmया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्ला हात्तीपाइलेको जोखिम रहेकाले औषधि खुवाउनुपरेको बताए । उनले दाङ सहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बताए । सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका जिल्लाको पहिचान गरी आगामी २८ गते देखि औषधि सेवन अभियान सुरु गर्ने भएको छ । औषधि २ हप्तासम्म औषधि खुवाइने भएको छ ।
सबै पालिकाहरुमा औषधि समेत पठाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकको लापरबाही र औषधि सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौती देखिएको प्रमुख शाहीको भनाइ रहेको छ ।
यस पटक बाट मानिसको उचाई अनुुसार औषधि सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान सञ्चालन हुने उनको भनाइ छ । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नु परे पनि यो पटक बाट आइभर मेक्टिन नामक औषधि थप गरिएको प्रमुख शाहीले बताए । जिल्लाको सहरी क्षेत्रमा पर्ने पालिकाहरुमा नै कम नागरिकले औषधि खाने गरेको प्रमुख शाहीको भनाइ छ । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधि सेवन गरेका थिए ।

सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मूलन गर्ने सरकारले लक्ष्य लिएको छ । जिल्लामा करिब ६ लाख ५५ हजार ७ सय ६१ जनालाई औषधि खुवाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयका कमल चन्दले जानकारी दिए । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसीले सरकारले अघि सारेको नागरिकको स्वास्थ्य सुधार अभियानमा पत्रकार महासंघ र मिडियाले सहयोग गर्ने बताए । जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तीमा २ प्रतिशत भन्दा कम गर्नुुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्