Logo

एनएमबि बैंकको काउन्टर बेलबारी मालपोत कार्यालयमा

एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउन्टर शुभारम्भ गरेको छ । सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले काउन्टर सुरु गरेको बैंकले जनाएको छ ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेलगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी पनि उपस्थित थिए । एनएमबि बैंकले यस लगायतहाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्