नबिल बैंकको नबिल एफडी कार्ड योजना «

नबिल बैंकको नबिल एफडी कार्ड योजना

नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ ।
जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकलाई क्रेडिट कार्ड सुविधा प्रदान हुने बैंकले जनाएको छ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाशप्राप्त व्यक्ति र विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्न सो सेवा सुरु गरेको बैैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन (अप्लाई) गर्ने ग्राहकका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने जनाएको छ । प्रयोगकर्ताले यो कार्ड पिओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्ने बताइएको छ । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरु खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।
नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकलाई आफ्ना नजिकका परिवारका सदस्यका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने सुविधा प्रदान गरेको जनाएको छ । यस योजनाअन्तर्गत २ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिनेछ ।
यो मुद्धती निक्षेप र क्रेडिट कार्डको विषेशतासहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले ब्याजसमेत आर्जन गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्