नेबिको बिस्कुटका नयाँ उत्पादन बजारमा

नेबिको बिस्कुटले आफ्ना ४ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
नेविकोले डी–५० डाइजेस्टिभ बिस्कुट, नाइस मिल्क कुकिज, कुरुम कुरुम चिउरा र पिनट्स बजारमा ल्याएको हो ।
नेबिको टिमसहित नेबिकोका ब्रान्ड एम्बेसडर शिव श्रेष्ठले नयाँ प्रोडक्टको सार्वजनिक गरिएको छ । ५५ वर्षदेखि बिस्कुट उत्पादनमा पहिचान बनाउँदै आएको नेबिकोले नयाँ सेगमेन्ट ल्याएर आफ्नो दायरा फराकिलो बनाएको छ ।
नेबिको प्रालिका कार्यकारी निर्देशक कार्यकारी निर्देशक राजेश रौनियारले लामो समय बजारमा टिक्ने प्रोडक्ट बजारमा ल्याएको बताएका छन् । उनले नेबिकोका प्रोडक्ट छिट्टै अस्ट्रेलियाको सहर सिड्नीमा समेत आफ्नो प्रोडक्ट बिक्री सुरु हुने जानकारी दिए ।
कम्पनीका सीईओ केशव भट्टराईले नेबिकोलाई बिस्कुट भनेर चिनिए पनि अब त्यसको दायरा फराकिलो बनाउँदै गएको बताएका छन् । बालाजुमा औद्यौगिक क्षेत्रमा स्थापना गरी बिस्कुट उत्पादन थालेको नेबिकोको कोकोनट, थिन आरोट, डाइजेस्टिभ बिस्कुट चर्चित रहेका छन् । पछिल्ला वर्षमा कन्फेक्सनरी उत्पादनले पनि बजारमा पहिचान बनाएका छन् । नयाँ प्रोडक्ट डी–५० को मूल्य ५० रूपैयाँ, कुरूम करूम चिउराको ९५ रुपैयाँ, टायल कुकिज नाइस ब्रान्डमा ट्यान्सपरेन्ट प्याकेजको मूल्य ५० रुपैयाँ र नुनिलो पिनट बिक्री मूल्य २० रुपैयाँ तोकिएको छ ।
कम्पनीका ब्रान्ड म्यानेजर अरूण पौडेलले नेबिकोले लन्च गरेका ९९ प्रतिशत बजारमा रहेको दाबी गरे । पौडेलले आगामी दिनमा बच्चा र युवाले मन पराएको सेगमेन्टमा चिज रिङ, डाइजेस्टिभको डी–सेन्ट केही हप्तामै सार्वजनिक गरिने बताए । गत साउनमा नेबिको बालाजु उद्योगमा आगलागी भएपछि खरानीबाट नौलो सुरूवातको रूपमा योजना बनाइरहेको छ ।