नेपाल बैंकको समृद्ध नारी रिकरिङ निक्षेप खाता

नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला लक्षित निक्षेप खाता ल्याएको छ । यसमा बैंकिङ तथा इन्स्योरेन्स सुविधासहितको रहेको बैंकले जनाएको छ ।
यसअनुसार न्यूनतम २५ हजार र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्च ब्याज, निःशुल्क लकर सुविधालगायत धेरै बैंकिङ सुविधा रहेको बैंकले जनाएको छ । यसमा १० लाख बराबरको दुर्घटना बिमा सुविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भए पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको भनाइ छ ।
बैंकले नेपालभर २१३ शाखा, १४८ एटीएम, ४७ वटा विस्तारित काउन्टरमार्फत २० लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ।