जनकपुरमा विस्तार भयो जावा मोटरसाइकलको डिलर «

जनकपुरमा विस्तार भयो जावा मोटरसाइकलको डिलर

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जनकपुरको थापा चोकमा नयाँ डिलर विस्तार गरेको छ ।
नयाँ डिलर भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिको स्थापनासँगै पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको कम्पनीले जनाएको छ ।
बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगन्ज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै थ्रीएस शोरूम स्थापना गरेको हो । भाष्कर एन्ड भाष्करका प्रबन्धनिर्देशक विनय मनि शर्माकी माता माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रुपमा यस शोरुम उद्घाटन गरेका थिए ।
जावा मोटरसाइकल शहर बजारमा मात्र नभई हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त रहेको कम्पनीले जनाएको छ । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्व अनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्ने कम्पनीको दावी छ ।
मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र टेस्ट राईडको सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्