हुन्डाईको सुविधासम्पन्न शोरुम भक्तपुरको राधे राधेमा

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नेछन् । राधे राधेमा सञ्चालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको कम्पनीले जनाएको छ । भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षितगरी सञ्चालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्ससहितको थ्रीएस सेवा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडि खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन् । यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सक्नेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।