समृद्धि फाइनान्समा खाता खोल्दा बिजबजारमा सपिङ भाउचर

बिजबजार, आरकेडि होल्डिंसद्वारा ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालित ई–कमर्स प्लेटफर्म हो ।
नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य लिएको बिजबजार लिमिटेड र समृद्धि फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज गौतम र समृद्धि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार फाइनान्सका ग्राहकले बिजबजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ वा कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा ३०० रुपैयाँसम्मको क्यास ब्याक पाउने भएका छन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको २०० बराबरको सपिङ भाउचर प्रदान गर्नेछ भने एक वर्षका लागि एक लाख वा बढीको मुद्दती खाता खोल्ने ग्राहकलाई बिजबजारको ५०० रुपैयाँ बराबरको सपिङ भाउचर प्रदान गर्नेछ ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताए । डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।
बिजबजारका प्रमुख कार्यकारी अधिकृत गौतमले लाखौँ मानिसलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, फाइनान्सलाई एक रणनीतिक व्यापार साझेदारको रूपमा लिएको बताए ।