समता घरेलु लघुवित्तको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट «

समता घरेलु लघुवित्तको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
साविक समता लघुवित्त वित्तीय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तीय संस्था लि.बीच सेयर आदान प्रदान दर १००ः८० कायम हुने गरी गाभिएका थिए । त्यसपछि संस्थाको कुल चुक्ता पुँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँको २० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ पुगेको थियो ।
यसमा सेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी जारी हुन बाँकी सेयर फर्दर पब्लिक इस्युद्वारा सर्वसाधारणमा जारी गर्न लागिएको हो । आरबीबी मर्चेन्ट बंैकिङ राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।

प्रतिक्रिया दिनुहोस्