Logo

पे वेल इन्डोर क्रिकेट लिगको उपाधि कामना सेवा विकास बैंकलाई

पे वेल इन्डोर क्रिकेट लिगको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा सम्पन्न फाइनलमा माछापुच्छे« बैंकलाई १६ रनले हराउँदै बैंकले उपाधी जितेको हो । सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छे« बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।
फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरीज कामना सेवाकै हेमन्त श्रीवास्तव चुनिए । उत्कृष्ट बलर नेपाल एसविआई बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स् मेन माछापुच्छे« बैंकका निशेष केसी भएका थिए ।
कामना सेवा विकास बैंकले स्वस्थ शरीर स्वस्थ मस्तिष्क मात्र होइन खेलकुदले सामाजिक एकता र समृद्धिको आधारशिला समेत तयार पार्दछ भन्ने कुरालाई आत्मसात् गरी आफ्ना कर्मचारीलाई नियमित कामको अतिरिक्त उनीहरुको व्यक्तिगत चाहना र क्षमताको कदर गर्दै विभिन्न खेलकुदलगायत अन्य रचनात्मक कार्यहरुमा समेत सहभागी गराउँदै उनीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्