एनसीसी बैंकका ग्राहकलाई नारायणी सामुदयिक अस्पतालमा छुट

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई नारायणी सामुदायिक अस्पतालमा सहुलियत दिइनेछ । बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्सटेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।