महालक्ष्मी विकास बैंक र भिआइपी क्लव एण्ड लाउन्जबीच सम्झौता

महालक्ष्मी विकास बैंक र भिआइपी क्लव एण्ड लाउन्ज बारबीच सहकार्यगर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर, महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गने ग्राहकले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।