Logo

जगदम्बा मोटर्सको एसयुभी प्रोटोन एक्स ५० नेपाली बजारमा

मलेसियन मोटर निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी प्रोटोन एक्स ५० गाडी नेपाली बजारमा आएको छ । प्रोटोनका गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० का चार संस्करणहरू ल्याएको हो ।
यसमा १.५ लिटर टर्बोचार्ज्ड, थ्री–सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डायरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल रहेको कम्पनीले जनाएको छ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने बताइएको छ ।
ती गाडीमा उत्कृष्ट–इन–क्लास सुविधाहरू समावेश गरेको कम्पनीले जनाएको छ । ६ एयरब्यागहरू, इबीएस र बीएसँग एबीएस, अटो हेडलाइट र वाइपरहरू, कीलेस एन्ट्री, अगाडि ढोका ह्यान्डलहरूमा टच सेन्सर यो सेग्मेन्टमा उपलब्ध रहेको बताइएको छ ।
साथै पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु यो गाडीमा छन् ।
यसमा सेल्फ–पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ । जगदम्बाले नेपालमा २०२० देखि प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी बेच्दै आएको छ । एसयुभीमा नयाँ मोडलको नेपाली बजार मूल्य भने कम्पनीले सार्वाजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्