सार्वजनिक यातायातको भाडादर आफैं तोक्ने व्यवसायीको चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीको भाडा आफैं बढाउने चेतावनी दिएको छ ।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैंले बढाउने चेतावनी दिए ।
सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ । उनले २५ फागुनभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताए । सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गरे ।
उनले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गरे । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताए ।
सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिनु प¥यो । यदि सरकारले सार्वजनिक सवारी साधनालाई सहुलियत नदिने हो भने सार्वजनिक सवारीबाट सबै बजारलाई अस्थव्यस्त बनाउँछ । यातायात व्यवसायीको यो कुरा सरकारले सुनुवाइ भएको छैन । सरकार नतमस्तक भएर बसेको छ । राजनीतिक दलहरु आफ्नै काममा लाग्नु भएको छ । सार्वजनिक सवारी साधन कसरी चलि राखेको छ ।
सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात क्षेस्त धोस्त भएको छ । ठूलो अुमानित १० अर्ब लगानी भएको र १२ लाख नेपाली जनताले रोजगारी पाएको क्षेत्र धोस्त भएको छ । यस्तो सरकारले यस्तो क्षेत्रलाई किन धोस्त पार्न खोजिएको हो । सरकारले यसलाई बुझेर सहज वातावरण बनाउन सरकारलाई अनुरोध गर्छु । यातायात व्यवसायीहरुले फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रुपमा बढेको मूल्य वृद्धिलाई फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौं । सरकारलाई निवेदन गर्दा पनि सरकारको प्रतिक्रिया आएको छैन । यदि हाम्रो माग सम्बोधन भएन भने २५ गतेसम्मको अल्टिमेट हुन्छ ।
“सरकारले बनाएको वैज्ञानिक भाडादरकै ३५ प्रतिशत अर्थात ५ रुपैयाँ भन्दा माथि जाने विषयलाई टेकेर वैज्ञानिक ढङगबाट जे सरकारले आकडा निकालेको छ” उनले भने, “त्यही आधारमा भाडा समायोन गरिन्छ ।” पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन । सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।