प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताए ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन् । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताए । सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए ।
मन्त्री बडुले अर्लि इलेक्सनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे । उनले भने, ‘उहाँहरूले नाम पनि दिनुभाछ । हुन्छ र हुन्नको प्रक्रियामा पनि उहाँहरू यद्यपि नाराबाजीमा हुनुहुन्थ्यो र बोल्नुभएन । तर समर्थन छ । त्यसकारण बहुमतका साथ यो पारित भएको छ । नाम दिनुभएको छ । अब प्रक्रिया अगाडी बढ्छ । हाम्रो चाहाना के हो भने संसद भित्र अत्यन्त जरुरी विधेयकहरू पारित हुनुपर्छ ।
त्यसको निमित्त प्रमुख प्रतिपक्ष पनि त्यो प्रक्रियामा सहभागी हुनुपर्छ । छलफलमा उसको पनि सहभागिता आवश्यक छ । हामी यो आग्रह उहाँहरूलाई गरिरहेका छौँ । दश, पन्ध्र मिनेट चलाएर बन्द गर्नुपर्ने अवस्था हो भने यसको प्रयोजन रहँदैन भन्ने प्रश्न जनताबाट पनि उठ्न सक्छ । त्यसकारण जनताप्रति जवाफदेही बनाउने ढंगले यसलाई भरपुर रुपमा अझ चलायमान गर्नुपर्छ । त्यसकारणले यो आग्रह हामीले गरिरहेका छौं । मलाई लाग्छ, उनीहरूले त्यो आग्रहलाई गम्भिरतापूर्वक लिनुभएको छ । र अब संसद सञ्चालन हुन्छ त्यस्तो अवस्था हो भने त संसद पूर्णकाल सम्म जानुपर्छ । सर्वोच्च अदालतको व्याख्या पनि संसद पूर्णकाल जानुपर्छ भन्ने छ नि त । संसद नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको बेला, स्वभाविक रुपमा यो एजेण्डा उठेको हो कि भन्ने लाग्छ अर्लि इलेक्शनको कुरा । मलाई लाग्छ कुनै एजेण्डा, प्रस्तावको रुपमा आएको पनि होइन । परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो ।’
मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु-याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताए । उनले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लि इलेक्सनको कुरा उठाइएको पनि बताए । उनले भने, ‘यो महाअभियोगको प्रक्रियालाई ठिक ढंगले उपयुक्त निष्कर्षमा पु-याउनका लागि हामीले भूमिका खेल्न भनेर संसद सचिवालयलाई नाम दिएका हौं ।
यो नाम आज हामीले उपलब्ध गराएका छौं । संसदका समितिका बैठकहरूमा अहिलेपनि हामी भाग लिइरहेका छौं । त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन । आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधि सभाको वेलमा नारा लगाइरहेका थियौं । अहिले आएर अचानक यो ढंगले संसद विघटन भयो भने र चुनावमा अलि चाँडो जनता बिचमा जानुप¥यो भने त्यो गएकोलाई प्रतिगमन भन्ने साथीहरूले अहिले किन यस्तो सोचाई ल्याइरहेका छन् । उनीहरूको कतै हेरेर कतै हिर्काउने भन्ने छ नि एउटा भनाई यसबाट पनि बुझ्नुस् तपाईहरूले उनीहरूको सोझो हिँडाइ छैन । उहाँहरू मलाई लाग्छ, स्थानिय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पु¥याउने, निर्वाचन हरूमै गढबढ गर्ने लगायतका कुराहरू हुन सक्छन् । तर, एउटा कुरा के हो त भन्दा हामीले विशेष कारणवशमा जनतामा जाउँ न भनेकै हो । त्यसमा हामी आफ्नो भनाईमा अडिग छौं ।’