Logo

दुगुनागढीमा पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेस

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि दोस्रो लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस गरिएको छ । नेपाल तिब्बतबीच भएको युद्ध ऐतिहासिक स्थल दुगुनागढी र लिस्तिमाईको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि ट्रेल रेसको आयोजना गरिएको हो ।
दुगुनागढी नेपाल र तीब्बतबीच युद्ध हुँदा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको गढी हो । यही गढीको प्रयोगबाट नेपालले तीब्बतसँग युद्ध लडेको थियो । ऐतिहासिक दुगुनागढी एवम् लिस्तिकोटको प्रचार गरी आन्तरिक तथा वाहिय पर्यटनमा टेवा पु-याउन र पर्यटकीय गन्तव्यको रुपमा पहिचान गराउन टे«ल रेसको आयोजना गरिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।
“यो नेपालले तिब्बतसंग युद्ध लडेको एतिहासिक ठाउँ भएकोले यसले ठूलो ऐतिहासिक महत्व बोकेको छ ।” उनले भने, “यहाँबाट पर्यटकीय पदमार्ग हुँदै प्रसिद्ध धार्मीक स्थल भैरव कुण्ड पुग्न सकिन्छ ।” यहाँ भएका होमस्टेहरुलाई व्यवसायीक रुपमा विकास गरी आउने पर्यटकहरुलाई मौलिक आतिथ्यताको अनुभूति दिलाउन सके अन्तर्राष्ट्रिय स्तरमा यसको प्रचार हुने पौडेलको भनाई छ ।
ट्रेल रेसको समापन कार्यक्रममा दुगुनागढी आइपुगेका स्थानिय होमस्टे सञ्चालक टासी सेर्पाले विभिन्न जिल्लाहरुबाट आएका धावक, अतिथीहरु, दर्शक र घुम्न आएका मानिसहरुको हुललाई नियाले । सामान्यतय यति धेरै मानिसहरु उनले त्यस ठाउँमा देखेका थिएनन् । आफ्नो ठाउँमा बाहिरि जिल्लाबाट आएका केहि मानिसहरुसंग परिचय समेत गरेर भ्याएका सबैलाई फेरि घुम्न आउन अनुरोध गरेको सेर्पाले सुनाए । “यहाँ होमस्टेहरुको राम्रो व्यवस्था छ ।” उनले भने, “बढी जसो सेर्पाहरुको साँस्कृति र परमपरा झल्कीने यहाँका होमस्टेमा छुटै आतिथ्यता हुन्छ ।” टे«ल रेस जस्ता अन्य साहसिक खेलहरुको आयोजना संगै पर्यटन प्रवद्धनमा जोडदिन सम्बन्धीत सबैलाई उनले आग्रह गरे ।
भोटेकोसी गाउँपालिकाको सहयोगमा गोरख बक्स गणले गत वर्षदेखि टे«ल रेसको आयोजना गर्दै आएको छ । दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन टे«ल रेसको उपाधि त्रिभुवन आर्मीका देवराज महतराले हात्त पारेका छन् । खुल्लातर्फको प्रतियोगितामा महतराले एक सय १८ प्रतिस्पर्धीलाई पछि पार्दै दुई घण्टा १४ मिनेट ३० सेकेण्डमा सांढे चौबिस किलोमिटरको दुरी पार गरी प्रथम पुरस्कार एक लाख दश हजार नगद सहित प्रमाण पत्र र मेडल हाँसिल गरेका छन् ।
दुई मिनेट २० सेकेण्ड पछि परेका त्रिभूवन आर्मीकै श्रीकास राइले दुई घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरेर दोस्रो भएका छन् । राईले ७५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र र मेडल पाएका छन् भने, दुई घण्टा २१ मिनेटमा निर्धारित दूरी पार गर्दै सोलुखुम्बु जिल्लाका सुमन कुलुङ तेस्रो भएका छन् । उनले ५५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र र मेडल पाएका छन् । चौथो, पाँचौ र छैठौं हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल जितेका छन् ।
त्यस्तै महिलातर्फ सिन्धुपाल्चोककी नितु तामाङ प्रथम हुन सफल भएकी छिन् । उनिले तिन घण्टा १७ मिनेटमा निर्धारित दूरी पार गरी ६० हजार नगद पुरस्कार सहित प्रमाण पत्र र मेडल जितेकी छिन् । दोस्रो र तेस्रो क्रमश सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल हात्त पारिन् । – दीपेन्द्र घले

प्रतिक्रिया दिनुहोस्