Logo

संसद् भंग गर्न माधव नेपालको प्रस्ताव

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।
संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् । उनले भने, ‘संसद्मा केपी ओली कति सहने! एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने । त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न, यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’
एमालेले आफूले सिफारिस गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्