नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससीसी छिटो पास गर भनेर अमेरिकाले दबाब दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे । उनले विदेशी शक्ति राष्ट्रहरूले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठ्ने गरी राजनीतिक दलहरूका नेताहरूलाई दवाव दिईरहेको दाबीसमेत गरे । त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाई थियो । उनले भने, ‘सबभन्दा डरलाग्ने र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ । यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरू भन्छन–चाँडोभन चाँडो निर्णय गर, नभए खारेज गर्छौं । चीनका पदाधिकारीहरू भन्छन–जब्बरजस्ती अनुदान दिनु हुँदैन । नेपालले अनुदान लिने वा नलिने भन्नेकुरा हामीले निर्णय गर्ने कुरा हो । देशलाई हित हुन्छ भने लिन्छौं, हुँदैन भने हामी लिँदैनौं । तर विदेशी शक्तिको दबाब र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरूलाई परिरहेको छ । यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भिर प्रश्न खडा भएको छ ।’
अध्यक्ष नेपालले विदेशी सहायता लिने-नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको बताए ।