माई पे वालेट प्रयोग गर्दा एक लाखको बिमा सुविधा

डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बिमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बिमा सुविधा ल्याएको हो ।
माई पेका अनुसार बिमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बिमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बिमा योजना कार्यान्वयन हुने जनाइएको छ । बिमा योजना कार्यान्वयन भएको जानकारी एसएमएस मार्फत गराइने कम्पनीले जनाएको छ ।
बिमा सुविधाबाहेक माई पेबाट हवाई टिकट बुकिङ गर्दा क्यास ब्याक तथा एक रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा रहेको छ । यस्तै माई पे प्रयोग कर्ताले अधिकतम २५ प्रतिशतसम्मको क्यास ब्याक उपयोग गर्दै आएको बताइएको छ । साथै विभिन्न चाडपर्व विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै आकर्षक योजनाहरु ल्याउने माई पेले जनाएको छ ।