काठमाडौं रेजर्सको स्वामित्वमा एमएडब्ल्युको निरन्तरता

दोस्रो नेपाल सुपर लिग फुटबलमा एमएडब्ल्युको स्वामित्वलाई काठमाडौं रेजर्सले निरन्तरता दिएको छ ।
कम्पनीले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको तयारी गरेको जनाएको छ । नेपाली फुटबलको सर्वाङ्गिण विकासका व्यापारीक घरानाहरूले पनि विशेष चासोको साथ लगानी गरेर टिम निर्माण गरेका छन् ।
सानो प्रयासले गत सिजनमा आफ्नै टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुन सफल भएको कम्पनीको दावी छ । यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै ट्रफीलाई निरन्तरतथा दिने योजना रहेको कम्पनीले जनाएको छ ।