Logo

काठमाडौं महानगरका सबै सम्पदा पुनर्निर्माण : मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीं छुटेको भए जानकारी गराउन अपिल गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीं छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन् । शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए । उनले चुनावमा आफूहरूले गरेको प्रतिबद्धताअनुसार नै सम्पदा पुनर्निर्माणको कामले गति लिएको दाबी समेत गरे । महानगरपालिकाले पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोहीअनुसार काम भइरहेको मेयर शाक्यको भनाइ थियो ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रमअन्तर्गत अन्य नगरपालिकाको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्