Logo

सामाजिक सुरक्षा भत्ता अनियमितताबारे अख्तियारको छानबिन

खोटाङ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अनियमितता भएको विषयमा छानबिन सुरु गरेको छ ।
मृत्यु भइसकेका, बसाइँ सरेकार हुँदै नभएका व्यक्तिको नाममा कागज कीर्ते गरेर सुरक्षा भत्ता निकासा गरी अनियमितता गरेको पाइएपछि गाउँपालिका को उजुरीका आधारमा आयोगले फिल्डमै पुगेर छानबिन थालेको हो ।
अख्तियारको टोलीले साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको स्रोतले जनाएको छ । आर्थिक वर्ष २०७६-०७७ भित्रमात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको गाउँपालिका आफैंले कारबाहीका लागि १२ पुस २०७७ मा सोसँग सम्बन्धित कागजातको फाइल अख्तियार कार्यालय इटहरीलाई पठाएको थियो ।
सामाजिक सुरक्षा भत्ताबापतको लाखौं रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएपछि गाउँपालिकाले अहिले बैंकमार्फत भत्ता वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्