Logo

पोखरा–जनकपुर सिधा हवाई उडान सुरू

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको बताएका छन् ।
मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको बताए । शनिबार जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुरपुगेका मुख्यमन्त्री पोखरेलले संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेश बीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए । उनले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सक्ने बताए । उनले मधेस प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको बताए ।
मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीच सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए ।
जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्