नेत्रहिन क्रिकेटर र विश्व साइकल यात्री यूएईमा सम्मानित

यूएई : पाँचौं नेत्रहीन एक दिवसीय विश्वकप क्रिकेट खेलेर पाकिस्तानबाट यूएई पुगेको टोली र विश्व साइकल यात्री दीपक खत्रीलाई वरदुबईमा सम्मान गरिएको छ । एभरेष्ट मार्सल आर्ट्स एन्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको कार्यक्रममा एनआरएनए एनसीसी यूएई, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएई, एभरेष्ट मार्शल आर्ट्स एन्ड स्पोर्ट्स क्लबलगायत संघसंस्थाले क्रिकेटर र साइकल यात्रीलाई सम्मान गरेका थिए ।
आर्थिक अभाव झेल्दै बस र रेलमा यात्रा गर्दै पाकिस्तान पुगेको नेत्रहीन क्रिकेट टिम पाकिस्तानबाट भने जहाजमा यूएई आएको थियो । यूएईको अजमानस्थित ओभल क्रिकेट स्टेडियममा फाइनल खेल्न उक्त टोली यूएई आएको थियो । आइतबार टोली फ्लाई दुबईमार्फत् नेपाल फर्कंदैछ । नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवान घिमिरेले आफू आँखा नदेख्ने भए पनि देशलाई संसारभर चिनाउन लागिपरेको तर सरकारबाट सहयोग नपाएकोमा दुःख व्यक्त गरे ।