अध्यक्षले गरे गरिब र दुखीलाई सहयोग गरिएको खर्चको सार्वजनिक

मुगु – देशव्यापी स्थानीय सरकारका जनप्रतिनिधिले भ्रष्टाचार अनियमितता घुस खाइरहेको समचार ब्यापक आइरहेको समयमा मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका–४ का वडा अध्क्षय बिस्नुकुमार भामले आफू स्थानीय तहमा निर्वाचित भएको ५ वर्षसम्म सरकारी निकायबाट पाएको सेवा सुबिधाको रकम नगरपालिका भित्र रहेका गरीब दुखी पछाडि परेका वर्गहरूलाई सहयोग गरिएको रकम शुक्रबार एक कार्याक्रम गरी सार्वजनिक गरीएको सुन्न पाइएको छ ।
जिल्लामा रहेका सरोकार बाला निकाय, जिल्लामा रहेका क्रियाशील राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरू र आफ्नो पार्टी निपाली कांग्रेसका जिल्ला स्तरीयदेखि बिभिन्न भ्रातृ संगठनहरूको रोहोवरमा शुक्रबार जिल्ला सदरमुकाम गमगढी बजारमा भेला गरी ५ वर्षसम्म सरकारी नियकाय, नगरपालिका, संघ–संस्थाबाट पाएको सरकारी सेवाबाट आएको जम्मा ११ लाख ५२ हजार ५ सय २५ रुपैयाँ छाँयानाथ रारा नगरपालिकाभित्र रहेका १ देखि १४ वडाका बिभिन्न बस्तीमा रहेका पछाडि परेका वर्ग, गरिब, दलित, असाय, विद्यार्थी, अग्निपीडीतलगाएत अन्य दैविक प्रकोपमा परेका व्यक्तिहरूलाई खाद्यान्न, लताकपडा, विद्यार्थीहरूलाई कापी कलम, झोला, ड्टपेन, बुढाबूढीहरूलाई चिसोबाट बच्नका लागि राडीपाखी कम्मल र पूर्वधारमा गोरेटो बाटो, खानेपाली धारो पानी मुहान, शैचालय, स्वास्थय सामग्री, कोभिय बाट बच्नका लागि माक्स स्यानिटाइजर, साबुनलगायतका राहत सोरुप बितरण गरेको भामले एक कार्यक्रममा सार्वजनिक गरेका हुन् ।
आफूभन्दा पछि परेका वर्ग क्षेत्रमा रहेका मानवको सेवा र नगरपालिका वडा पालिकाको बिकास गर्नका लागि आफुलाई बहुमूल्य भोट दिएक मलाई वडा अध्क्षय बनाएका हुन ती नागरीकहरूको सेवामा थोरै भए पनि दुखेको घाउमा मलमपट्टि लगाएको हुर्न । यो धेरै ठूलो कुरा नभए पनि सानो कुरालाई आम जनताहरूको माझ जानकारी गराउनको लागी सार्वजनिक गराएको र नगरपालिकाले बाँकी २९ महिनाको पाउनुपर्ने सेवा सुबिधाको ६ लाख ३८ हजार उपलब्ध नगराएको हुदा उक्त रकम निकासा आए पछि पुर्न आफूभन्दा पछि परेको बर्ग र मामाजिक क्षेत्रमा सहायोग गर्ने समेत छाँयानाथ रारा नगरपालिका–४ का वडा अध्क्षय बिष्णुकुमार भामले बताएका छन् ।
मुगु जिल्ला र देशका बिभिन्न जिल्लामा रहेका स्थानीय तहमा निबार्चित भएका जनप्रतिनिधीहरूले दिन प्रतिदिन भ्रष्टाचार अनियमितता, घुस खाई रहेको, योजनाबाट कमिसन खाइरहेको समचार ब्यापक सुन्न पाई रहेको समयमा मुगु जिल्ला मा मात्र एक जना छाँयानाथ रारा नगरपालिका–४का वडा अध्क्षय बिष्नु कुमार भामले सरकारबाट पाएको सेवा जनता प्रति लगानि गरेको सुन्न पाउदा निकै सुखी लागेको छ ।
मुगु जिल्लामा रहेका सबै स्थानीय तहमा रहेका जनप्रतिनिधीहरूको सोच यस्तै आएको भए मुगु जिल्ला बिकासमा निकै अधिबड्र्ने थियो । अवको आउर्ने स्थानीय तहमा उठ्र्ने जनप्रतिनिधि नाता गोता ईष्टमित्र नभनि जिल्ला, वडा, नगरपालिका, गाँउपालिकाको बिकार गर्ने गरिब जनताको उद्धार गर्ने जनप्रतिनिधी छनोट गर्नु पर्ने देखीएको यस्तै उदाहरण काम गरेर अन्य जनप्रतिनिधिलाई जनताको सेवा गर्नुहुनसमेत छाँयानाथ रारा नगरपालिका–५ का स्थानीय नागरिक सक्क बुढाले आग्रह गरेका छन् ।
वडा अध्क्षय छाँयानाथ रारा नगरपालिकाका सबै भन्दा कान्छ र नेपाली कांग्रेसबाट विजय भएका हुन् ।