ज्वालामुखीको जोड कानुन निर्माणमा

प्रदेश- बागमती
जिल्ला- धादिङ
गाउँपालिका- ज्वालामुखी
अध्यक्ष- विनोदराज तिमिल्सिना
उपाध्यक्ष- जानुका सिंखडा
प्रमुख प्रशासकीय अधिकृत– बद्रीनाथ लम्साल
कार्यालय- साँधभन्ज्याङ
वडा संख्या- ७
जनसंख्या- २१ हजार २ सय २
परिवार संख्या- ६ हजार १ सय १६
२०७३ साल फागुन २७ गतेको निर्णयबाट साबिकको खरी, मैदी, ढोला र चैनपुर गाउँ विकास समितिलाई गाभेर ज्वालामुखी गाउँपालिका गठन गरिएको हो । मुलुक संघीय संरचनामा रूपान्तरण भएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ जेठ महिनामा सम्पन्न निर्वाचितबाट निर्वाचित भएर आएपछि जनताको निर्वाचनमा मतदातासमक्ष गरेको वाचा र प्रतिबद्धताअनुसार विकासका पूर्वाधार तयार गरेका छौं । खानेपानी, सडक, बिजुली, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुसेवा, धार्मिक तथा पर्यटनमा क्षेत्रमा पूर्वाधार तयार गरेको हाम्रो दाबी छ ।
गाउँमा सिंहदरबार बनाउन नसके पनि गाउँगाउँमा सिंहदरबारको नारालाई सत्य साबित गरेको दाबी गर्न सक्ने काम गरेका छौं । दाबी गरेको मात्र होइन, प्राप्त र उपलब्ध स्रोतसाधनबाट गर्न सक्ने काम गरेर स्थानीय सरकारप्रतिको जनअपेक्षालाई विश्वासमा परिणत गराउन हामीले सर्वसहमतिमा निर्णय प्रक्रियाका पुगेर सबै कार्यपालिका सदस्य र वडा सदस्यहरूलाई एकमना एकसाथ राख्न सफल भएका छौं ।
हामी जनप्रतिनिधिभन्दा साढे दुई महिना जेठो स्थानीय सरकारलाई तत्कालीन अवस्था कार्यकारी अधिकृतसहित साथ २÷३ जना कर्मचारीबाट काम सुरु गरेका थियौं । अहिले ४२ जनाभन्दा बढी कर्मचारी छन् तर पनि पुगेको छैन । कर्मचारी पर्याप्त नहुँदानहँुदै पनि हामीले जनताको सेवा मात्र होइन, देखिने र महसुस गर्ने गरी विकासका पूर्वाधार तयार गरेका छौं । हामी ऐन कानुन निर्माणमा अब्बल छौं । १ सयभन्दा बढी ऐन, नियमावली र कार्यविधिहरू छन् । कानुन निमार्णमा हामी देशै पहिलो दाबी गर्छौं । सबै काम काज ऐन, कानुन र कार्यविधिअनुसार हुन्छ ।
हामी निर्वाचित भएर आउनुअघि १० प्रतिशतमा घरपरिवारमा थियो होला, एक घर एक धारा । अहिले नीति नै बनाएर काम गरेका छौं । हामी आएपछि थप ८० प्रतिशत घरमा खानेपानी सेवासुविधा पु¥याएका छौं । वडा नं. ६ को ज्वालामुखी काउले डाँडा, वडा नं. ४ को पुर्सु, वडा नं. ३ मैदीकोट डिपबोरिङ गरेर पानी वितरण गरिएको छ । वडा नं. ५ मैदानमा हामी आउनुअघि डिपबोरिङ सुरु भएको थियो । हामी आएपछि काम सम्पन्न गरेको हो । विभिन्न वडामा १५ वटा लिफ्ट खानेपानी योजना निर्माण गरिएको छ । ज्वालामुखीमा सबैभन्दा ठूलो समस्या खानेपानीको हो । बस्तीभन्दा तल मात्र खानेपानीका मुहान छन् । चालू आवमा बाँकी घरमा खानेपानी पु¥याउँछौं । गाउँबस्ती र फाँटबारीलाई सडक सञ्जालमा घेरिएको छ । एक सय किलोमिटरभन्दा बढी फाँटवारी र टोलस्तरका सडक खनिएको छ । १ सय किलोमिटरभन्दा बढी सडकको स्तरोन्नति गरिएको छ । पाल्पाभन्ज्याङ–साँधभन्ज्या– चैनपुर–बाङ्गेदह–बुङकोट, साँधभन्ज्याङ–खरी–बुङकोटघाट, देभानटार–मण्डली–मिलनटोल, अङ्गेरी–विसौना–डुडेभन्ज्याङ, दोभानटार–मैदी–पिपलटार र साँधभन्ज्याङ–ढोला–मैदी सडकको स्तरोन्नति गरेका छौं । अति अप्ठ्यारो विभिन्न ६ ठाउँमा १ सय मिटर ढलान गरेका छौं ।
विद्युतीकरण हुन बाँकी घरहरूमा हामी आएको दोस्रो वर्षमै विद्युतीकरण सकेका छौं । अहिले काठेपाले विस्थापन गर्ने काम गरिरहेका छौं । वडा नं. ४, ५, ६ र ७ मा काठेपोल विस्थापन गरिसकेका छौं । वडा नं. १,२,३ मा सामुदायिक विद्युतीकरण भएकाले अलि धेरै काठेपोले रहेको छ । सामुदायिक विद्युत् उपभोक्ता महासंघसंघको साझेदारीमा यस वर्ष विस्थापन गर्ने काम सक्ने लक्ष्य छ । आन्तरिक स्रोतबाट ७ जना मावि शिक्षकको तलब अनुदान दिएका छौं । बालकक्षा सहयोगी कार्यकर्तालाई जनही मासिक १ हजार ५ सय थप गरेका छौं । एउटा क्याम्पस, सातवटा माविका कक्षा १२ पढाउँदै आएका छौं । अन्नपूर्ण माविमा पशु स्वास्थ्य शिक्षा पढाउँछौं । सुनखानी माविमा विज्ञान संकाय पढाउँछौं । विद्यालयका लागि आवश्यक कक्षा कोठा अधिकांश पक्की छन् । स्वास्थ्य क्षेत्रमा पनि निकै महत्वपूर्ण काम गरिरहेका छौं । मैदी प्राथमिक स्वास्थ्य केन्द्रमा १८ करोडको लगानीमा १५ शय्याको अस्पताल निमार्णाधीन छ । खरी, दोला, चैनपुर स्वास्थ्यचौकीमा आफ्नै भवनमा स्वास्थ्य सेवा दिइरहेको छ । स्वास्थ्य केन्द्र र स्वास्थ्य ल्याब सेवा छ । वडा नं. १, २ र ७ मा स्वास्थ्य स्वास्थ्य एकाइ र बिन्दु रहेको छ । सरसफाइयुक्त गाउँ घोषण गरिरहेका छौं । घरमा शून्य सुत्केरी कार्यक्रम चलाएका छौं ।
कृषि विकासका पनि काम भइरहेको छ । किसानहरूले निजी स्तरबाटै पनि कृषि फर्म सञ्चालन गरेका छन् । हामीले पनि केही गरेका छौं । प्रधानपन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मकै जोन कार्यक्रम सञ्चालित छ । धार्मिक पर्यटनका हिसाबले ज्वालामुखी अग्रस्थानमा छ । मंगलवार, पाठी मात्र बलि चढ्ने ढोलामण्डली, ज्वालामुखी, अनकन्या मैदीकोट धार्मिक पर्यटकस्थल हुन् । मैदीकोटमा पृथ्वीनारायण शाहको व्रतबन्ध गरेको ठाउँ भएकाले ऐतिहासिक छ । भरुदवारमा मगर समुदायबाट सञ्चालित होमस्टे छ । होमस्टे समुदायकै पहलमा सञ्चालन भए पनि गाउँपालिकाले साझेदारी गरेको छ । हाल गाउँपालिकामा ४२ जना कर्मचारी कार्यरत छन् तर अझ पुगेको छैन । सरुवा हुने क्रमले कर्मचारी एकै साथ नहुने भएकाले कामकाजमा केही अप्ठ्यारो छ । वडा नं. ४ मा पुरानो भवनबाट कामकाज चलाइरहेका छौं । यसै चालू आर्थिक वर्षमा भवन बनाउने बजेट व्यवस्था गरेका छौं । टेन्डर प्रक्रियामा जाँदा ढिला हुने भएकाले उपभोक्ता समितिमार्फत यही महिनाबाट काम सुरु गर्छाैं । अरू वडामा नयाँ भवन निर्माण गरेर सेवा प्रवाह गरेका छौं । गाउँपालिकाको प्रशासकीय भवन अर्थात सिंहदरवार बनाउन भने सकेका छैनौं । दुई स्थानबाट नि?शुल्क जग्गा उपलब्ध गराउन प्रस्ताव आएको छ । कार्यपालिकामा सहमति भएपछि जग्गा प्राप्ति गरेर भवन निर्माण प्रक्रिया अघि बढाउँछौं ।