युवाहरूमा असल कर्म र श्रमप्रति विश्वास हुनुपर्ने

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले युवाहरूमा असल कर्म र श्रमप्रति विश्वास हुनुपर्ने बताए ।
राष्ट्रिय युवा परिषद्को सातौँ स्थापना दिवसको अवसरमा बिहीवार भक्तपुरमा आयोजित नेपाली युवाको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री गहतराजले नेपाली युवाहरूमा श्रमप्रति विश्वास हुनुपर्ने बताएका हुन् । देशमा युवाहरूका निम्ति धेरै अवसरहरू भएको भन्दै उनले युवाहरू उद्यम तथा व्यवसायमा लाग्नुपर्नेमा जोड दिए । युवाहरू असल कर्ममा लाग्नुपर्ने उनको भनाइ छ । उनले नेपालमा केही राम्रो उपभोग्य वस्तु उत्पादन गरेर दुई ठूला छिमेकी मुलुकहरूलाई ग्राहक बनाउन सकेमा ठुलो आर्थिक उपार्जन हुनसक्ने बताए ।
उनले युवाहरूले सधैं सकारात्मक सोच्नुपर्ने र सफलताको बाटोतर्फ अगाडि बढ्नुपर्ने बताए । अघिल्लो पुस्ताले देशमा राजनीतिक परिवर्तन गराएर अहिले देशमा युवाहरूका निम्ति केही गर्ने वातावरण बनेकाले युवाहरू निराश हुनुनपर्ने मन्त्री गहतराजले बताए ।