नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी यही २७ देखि २९ फागुनसम्म काठमाडौं भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।
उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढी ब्राण्डका १५० भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने र यस क्षेत्र माआउने नयाँ–नयाँप्रविधिका बारेमा जानकारी गराउन यो प्रदर्शनी बिगत ६ वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ । देखीकोसेढुङ्गा सावितहुदै आइरहेको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार, प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहने छ भने नेपाल इन्जिनियरिङ एसोसिएसन, निर्माण व्यवसायी महासंघलगायत का संस्थाहरुको सहयोग रहने बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस,इन्टेरियर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आमनागरीकको उल्लेखनिय सहभागिता रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सहज उपलब्ध गराउने महत्वपूर्ण माध्यम हुने आयोजकले जनाएको छ ।