सरकारले सार्बजनिक ग¥यो १९० शहीदको सूची

सरकारले १ सय ९० जना शहीदको सूची सार्वजनिक गरेको छ । शहीद सप्ताहको अवसर पारेर गृह मन्त्रालयले मंगलबार शहीदको विवरण सार्वजनिक गरेको हो । यो सूची राणा शासन अन्त्यका लागि ज्यानको आहूती दिएका ४ शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठ बाहेकको हो । सोमबार देखि देशभर शहीद सप्ताह मनाइदै छ । प्रजातन्त्रको माग राख्दै विसं १९९७ सालमा ज्यानको आहूती दिने ४ शहीदको सम्झनमा हरेक वर्ष माघ १० गते देखि १६ गते सम्म शहीद सप्ताह मनाइदै आएको छ ।
माघ ३ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार गृह मन्त्रालयले विभिन्न राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिको सूची सार्वजनिक गरिएको जनाएको छ ।
शहीदको सुचीमा परेका धेरैजसो व्यक्ति पहुँचएक अधिकरीले बताए ।
गृह मन्त्रालयको विवरण अनुसार शहीदको सूचीमा परेकामा राणा शासन र पञ्चायती व्यवस्था तथा २०४६, २०६२-६३, मधेस आन्दोलन लगायतमा सरकार र अन्य पक्षबाट मारिएका व्यक्ति समेत अटाएका छन् । शहीद घोषणा गरिएका सबैका परिवारलाई पछिल्लो १० वर्षयता १० लाख रुपैयाँ आर्थिक सहायता समेत वितरण गरिएको छ । शहीद घोषित गरिएका मृतकका परिवारलाई यो अवधिमा १९ करोड रुपैयाँ राहत दिइएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको शहीदको पहिलो सूचीमा ओखलढुंगाका महेशकुमार दाहाल र १ सय ९० औं नम्बमा रुपन्देहीका रामप्रसाद चौधरी छन् ।