समपूरक योजनाका लागि चार करोड

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलव्ध गराउन लागेको हो । प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको छ । सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको बताइएको छ । यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ ।