नोबेल मेडिकल कलेजका विद्यार्थी रिले अनसनमा

नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थानान्तरणको माग राख्दै रिले अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबिबिएस पढ्ने विद्यार्थीले बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गरेका हुन् ।
नोबेल कलेजबाट पिडित १० विद्यार्थीहरूले सरकारले बनाएको नियम कानुन नमान्ने क्याम्पसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरण सहित स्थानान्तरण गर्न सरकारसँग माग राख्दै रिले अन्सन भोक हड्ताल तथा धर्ना सुरु गरेका छन् । उनीहरुले विगत ८० दिन देखि निरन्तर रुपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेको बताएका छन् । नोबेल मेडिकल क्याम्पसका अनसनरत विद्यार्थी रुपेश पौडेलले चिकित्सा शिक्षा आयोजले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबिबिएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो शुल्क भन्दा बढी शुल्क लिएकाले विद्यार्थी आन्दोलित भएको बताए । उनले नोबेल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनको लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे । रिले अनसनमा विद्यार्थीहरूले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर, २०१५-१६ ब्याजका विद्यार्थी इन्र्टनशिपको व्यवस्थापन छिाटो गर,हाम्रो न्यायोचित माग सम्बोधन गर, विद्यार्थीको भविष्य सुनिश्चित गर, सुरक्षित स्थानमा पढ्ने वातावरण बना, डे ८० स्थानान्तरण गरियोस् भन्ने प्लेकार्ड राखेर अनसनमा बसेका छन् ।