सञ्चारमाध्यमसँग विज्ञापन बोर्डको छलफल

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्ने नभई नियमनको लागि बनाइएको बताएका छन् । बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईले यस्तो बताएका हुन् ।
उनले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताए । अध्यक्ष हुमागाईले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताए । उनले बिहीबारको छलफलमा विज्ञापन दाताहरूलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरूलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताए ।
अध्यक्ष हुमागाईले केही सञ्चारमाध्यमहरूले आफू स्वनियममा बस्छु भनेपनि आफूखुशी विज्ञापनका दररेटहरू कायम गर्ने गरेको बताए । उनले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक पक्षको मात्रै सहभागिताले सफल नहुने बताए ।